नियम
जिल्ला समिति गठन

(१) केन्द्रीय समितिले निर्धारण गरेका सहयोगका कार्यक्रमहरूलाई आवश्यक सहयोग पु¥याउन प्रत्येक जिल्लामा देहाय बमोजिमको जिल्ला समिति रहनेछ –

(क) प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय – अध्यक्ष

(ख) स्थानीय विकास अधिकारी, जिल्ला विकास समिति – सदस्य

(ग) जिल्ला शिक्षा अधिकारी, जिल्ला शिक्षा कार्यालय – सदस्य

(घ) जिल्ला इन्जिनियर, जिल्ला प्राविधिक कार्यालय – सदस्य

(ङ) निजामती कर्मचारीहरूको जिल्लास्तरको आधिकारिक टे«ड युनियनको अध्यक्ष – सदस्य

(च) प्रमुख कोष नियन्त्रक वा कोष नियन्त्रक, कोष तथा लेखा नियन्त्रक कार्यालय – सदस्य–सचिव

(२) उपनियम (१) को खण्ड (ङ) मा जुनसुकै कुरा लेखिएको भए तापनि निजामती कर्मचारीहरूको जिल्लास्तरको आधिकारिक ट्रेड युनियन गठन नभएसम्म निजामती कर्मचारीहरूको जिल्लास्तरको ट्रेड  यूनियनका कार्य समितिको अध्यक्ष वा निजले तोकेको प्रतिनिधिलाई जिल्ला समितिको बैठकमा सदस्यको रुपमा भाग लिन आमन्त्रण गर्न सकिनेछ ।

(३) जिल्ला समितिको सचिवालय सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयमा रहनेछ ।